भारतीय चर्चित पप गायिका शिवानी भाटियाको सडक दुर्घटनामा मृत्यु भएको छ। सोमबार राति सडक दुर्घटनामा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा उनका पति गम्भिर घाइते भएका छन्। रिर्पोटका अनुसार शिवानीका पतिको अवस्था खतरामुक्त रहेको छ।

सोमबार राति भारतको यमुना एक्सप्रेस हाइवेयमा उनीहरु चढेको कार दुर्घटना भएको थियो। गायिका शिवानी र उनका पति निखिल कार्यक्रममा सहभागी हुन जाँदै थिए। त्यसै क्रममा उनको कार कुनै अज्ञात गाडीको पछाडि ठोक्कियो।
तिब्र गतिमा रहेको कार गाडीसँग ठोक्किएपछि चचकनाचूर भएको थियो। प्रहरी र स्थानीयले शिवानी र उनका पतिलाई कारबाट बाहिर निकालेर अस्पताल भर्ना गराएका थिए। तर शिवानीको उपचारका क्रममा मृत्यु भयो।

0 comments:
Post a Comment