चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेशनबीच सम्झौता भएको छ ।कलाकारिताबाट समाजसेवामा लागेका सिताराम कट्टेल र कुञ्जना घिमिरेद्वारा सञ्चालित गैर नाफा मुलक सामाजिक संस्था ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ ले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ निर्माणको घोषणा गरेको छ ।
बुधबार काठमाडौंमा भएको रगंशाला घोषणा समारोहमा महानगर र फाउण्डेशनबीच सम्झौता भएको हो ।सम्झौता पत्रमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ हस्ताक्षर गर्दै एक/एक प्रति आदान–प्रदान गर्नुभएको हो।
यसैबीच सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले दुई वर्षमा चितवनमा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पहिलो खेल भारत र पाकिस्तानको बीचमा हुने घोषणा गर्नुभएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आज काठमाडौँमा भएको घोषणा कार्यक्रममा बोल्दै मेयर दाहालले भारत र पाकिस्तानबीचमा देखिने शत्रुतापूर्ण व्यवहारमा कमी ल्याउन रंगशाला सफल हुने दाबी गर्नुभयो। सोही अवसरमा मेयर दाहालले भन्नुभयो , ‘भारत र पाकिस्तानबीचको खेल नत भारतमा हुन्छ, नत पाकिस्तानमा हुन्छ त्यसैले छिमेकी देशको नाताले हामीले हाम्रो रंगशालामा गर्न सकिन्छ ।’
कार्यक्रममा मेयर दाहालले क्रिकेट खेलप्रति नेपालमा आकर्षण र लोकप्रियता बढ्दै गएकोले पनि चितवनमा क्रिकेट रंगशाला बनाउनु ऐतिहासिक र हर्षको विषय भएको बताउनुभयो । हरेक नेपालीलाई सुखी र खुसी राख्न ठूला पूर्वाधारको निर्माण गर्न सरकार एक्लैले सम्भव नभएकोले सार्वजनिक र निजी साझेदारीमा ठूलो योजना अगाडि बढाइएको उहाँले बताउनुभयो ।

0 comments:
Post a Comment