यो मन त मेरो नेपाली हो


भूत प्रेत सम्बन्धी कुराहरु लिएर बन्ने भयो नेपाली कथानक चलचित्र "डोरि " / यस्तो हुन्छ फिल्म


काठमाडौ माघ १५
भूत प्रेत सम्बन्धी कुराहरु लिएर बन्ने भएको छ नेपाली कथानक चलचित्र डोरि जसको शुभ साइत काठमाडौको भद्रकाली मन्दिरमा माघ १५ गतेका दिन सु सम्पन्न गरियो । यश चलचित्रको निर्माण गर्ने भएका छन निर्देशक विजय राज भुर्तेलले । चलचित्रको कथावस्तु एउटा डोरिमै आधारित छ । आत्महत्या गरेका व्यक्तिहरुले प्रयोग गरेका डोरी र त्यसमा रहेको रहस्य जुन जनमानसमा हल्लाको रुपमा रहेको छ , त्यही कुरालाई निर्देशक विजय राजले पर्दामा उतार्ने भएका छन । जोडदार कमेडी , डर, र मनोरञ्जनले भरिपुर्ण यो चलचित्र बन्ने कुरा पनि निर्देशकले जानकारी गराए । चलचित्रको निर्माताका रुपमा प्रीन्स राई, मन्जु कुमारी फुयाल र अमर सिंह धिताल छन भने कथा, निर्देशन तथा निर्माण विजय राज भुर्तेलकै रहने छ । चलचित्रमा  सपना खड्का , अस्मित पोखरेल, दिपिका थापा , प्रल्हाद खरेल, न्यान्सी सुब्बा, सबिन देउजा, विजय राज, दिपक अधिकारी ,तेन्जी मोक्तान , रोशन लुइँटेल , दिपेश लामा , मनोज थापा लगायत अन्य ले कलाकारको भुमिका निर्वाह गर्दै छन । चलचित्रमा सङीत दिएका छन नरेश भुर्तेल , अमृत पोखरेल र सुशील श्रेष्ठले । राजु किरातको द्वन्द्व रहने उक्त चलचित्रमा दिपक अधिकारिले छायांकन गर्ने भएका छन ।।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add