यो मन त मेरो नेपाली हो


सुरु भयो छायांकन ‘बद्री बहादुर’को / पुजा शर्मा र सलोन बस्नेत केमियो रोलमा

चलचित्र ‘बद्री बहादुर’को आज शुक्रबार राजधानीको काठमाडौंको कमलादी स्थित गणेशस्थान मन्दिरमा पूजा गरेर छायांकन सुरु गरिएको छ ।शोभित बस्नेतको निर्देशन रहने ‘बद्री बहादुर’को आज बाट नै लमजुङमा छायांकन गर्नको लागि युनिट त्यता लागेको छ ।

केहि दिनको लमजुङ छायांकन पछि काठमाडौं,धरान अनि संखुवासभामा चलचित्रको करिब २ महिना छायांकन हुनेछ। करिब एक करोड लगानी यस चलचित्रमा सञ्चारकर्मी रवि अधिकारीको लगानी रहने छ।ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानर विजय गोपाल दलि प्रस्तुतकर्ता रहने चलचित्रमा मिथुन भोटे कार्यकारी निर्माता हुन् ।

कमेडी जनरामा बन्न लागेको चलचित्र ‘बद्री बहादुर’मा छुल्ठिम गुरुङ ,जय किसन बस्नेत,धिरेन शाक्य, शोभित बस्नेत ,लय संगौला ,एलिना रायमाझी,उत्तम केसी,अन्जु केसी , वर्षा चौलागाईं , पुरन थापा, राम गौतम , मनोज केसी ,उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ ।यस चलचित्र बाट राजिब जङ बस्नेत र एलिना गुरुङ नेपाली रजतपटमा डेब्यु गर्दैछन्। चलचित्रमा नायिका पुजा शर्मा र सलोन बस्नेतको बिशेष भूमिका रहने छ ।

चलचित्रमा रामकाजी घिमिरेको लेखन रहेको छ भने शिब बिकको नृत्य निर्देशन रहनेछ । चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत रहने छ भने शंकर महर्जनको द्धन्द रहनेछ । ‘बद्री बहादुर’ मा बिनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहने छ ।चलचित्र तीजमा प्रदर्शन गरिने छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add