रोहित शेट्टी सुपरहिट फिल्म दिन जती माहिर छन् त्यती नै एउटा फिल्मको सेटमा हुँदा हुँदै अर्को फिल्म बारे योजना बनाउन माहिर मानिन्छन् । हालै मात्रा रोहितको ‘सिम्बा’ ले धमाकेदार ब्यापार गर्न सफल भयो । ‘सिम्बा’ रोहितको करियरको सबै भन्दा सफल फिल्म बनेको छ ।
‘सिम्बा’ को सफलता लगत्तै रोहित अर्को फिल्मको तयारीमा जुटिसकेका छन् ।
‘सिम्बा’ फ्लोरमा रहेकै बेला उनले उक्त फिल्म बनाउने योजना बनाएका थिए । उनको अर्को फिल्मको नाम हो ‘सूर्यवंशी’ । अक्ष्य कुमारलाई लिएर उनले ‘सूर्यवंशी’ बनाउने योजना बनाएका हुन् । जस अनुरुप ‘सूर्यवंशी’ मा अक्ष्य कुमार रहने यस अघी नै पक्का भईसकेको थियो । रोहित फिल्ममा हिरो भन्दा पनि हिरोईन छान्न समय लिने गर्दछन् । ‘सूर्यवंशी’मा त्यस्तै भएको छ ।
अझ रमाइलो कुरा त के छ भने ‘सूर्यवंशी’ फ्लोरमा नजादै रोहित अर्को फिल्म बनाउने योजनामा पुगिसकेका छन् । एउटा फिल्मको सेटमा हुँदा हुँदै अर्को फिल्म बारे योजना बनाउन माहिर रोहितको दिमाखमा नयाँ फिल्मको काहानी आएको उनले बताएका छन् । अहिले सम्म हिरोलाई लिडमा राखेर फिल्म बनाईरहेका उनी अब भने हिरोईनलाई लिडमा राखेर फिल्म बनाउने योजनामा रहेका छन् ।
उसो त रोहितलाई फिल्ममा हिरोईनको भूमिका कमजोर राख्ने गरेको आरोप पनि बेला बेलामा लाग्ने गर्दछ । तर उनी यो कुरालाई अस्विकार गर्दछन् । यही बिचमा उनले हिरोईनलाई लिडमा राखेर फिल्म बनाउने योजना बनाएका हुन् । पुलिस अफिसरको काहानीमा सुपरहिट फिल्म बनाईसकेका रोहितले हिरोईनलाई लिडमा राखेर बनाउने फिल्म पनि पुलिस अफिसरकै काहानीमा बन्ने बताईएको छ ।
उक्त फिल्ममा हिरोईनलाई ‘सिंघम’ को अजय देवगन तथा ‘सिम्बा’ को रणबीर सिंह जस्तै पुलिस अफिसरको भूमिकामा प्रस्तुत गरिने छ । फिल्ममा कसलाई हिरोईन लिने भन्ने बिषयमा भने अहिले नै केही बताउन नसक्ने रोहितको भनाई छ । फिल्मको काम छिट्टै सुरु हुनेछ ।

0 comments:
Post a Comment