‘छक्का पञ्जा’ सिरिज निर्माण गर्दै आएको आमा सरवती मुभिज र सफल चलचित्र निर्माण गर्दै आएको ब्यानर रोहित अधिकारी फिल्मस्ले संयुक्त रुपमा चलचित्र बनाउने भएको छ। दुई ब्यानर बाट बनाउन लागेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् ।
आमा सरवती मुभिज र रोहित अधिकारी फिल्मस्ले बुधबार निर्देशक लामासँग अनुबन्धको सम्झौता गरेका छन् । चलचित्र आउँदो दसैंमा रिलिज हुने भनिए पनि फिल्मको नाम र कलाकार भने तय भइसकेको छैन । सामाजिक विषयवस्तुमा निर्माण गरिने उक्त चलचित्रको दीपकराज गिरीले स्क्रिप्ट लेखिरहेका छन् । फागुन अन्तिम साताबाट छायांकनमा जाने यो चलचित्रलाई लिएर निर्माता रोहित अधिकारि निक्कै आशावादी देखिएका छन् ।
लामाले ‘घामपानी’ चलचित्र निर्देशन गरिसकेका छन् भने उनको निर्देशन रहेको चलचित्र ‘गोपी’ यही माघ १८ गते रिलिज हुँदैछ ।

0 comments:
Post a Comment