यो मन त मेरो नेपाली हो


सबैले हेर्न पाउने चलचित्र ‘१०० कडा १०’, युनिभर्सल सर्टिफिकेट

चलचित्र ‘१०० कडा १०’ ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । सेन्सर बोर्डबाट सेन्सर पास हुँदै ‘१०० कडा १०’ ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको हो । युनिभर्सल सर्टिफिकेट प्राप्त गरे सँगै अब चलचित्र सबै उमेरका दर्शकहरुले हेर्न पाउने भएका छन् । भ्रष्टचार बिरुद्दको अभियानमा निर्माण भएको चलचित्र ‘१०० कडा १०’ यही माघ १८ गतेबात देशभर एक साथ प्रदर्शन हुँदैछ ।

 दर्शन नेपाल कृयसनको प्रस्तुती रहेको चलचित्र ‘१०० कडा १०’ मा निर्मात्री प्रधानको कथा रहेको छ । चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, रवि डंगोल, अमृत ढुंगाना, करुना श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोख्रेल, सोनिया राई आदिको मुख्य अभिनय रहेको छ ।

 चलचित्रको लागि सोनिया राई वर्माबाट नेपाल आएकी थिईन् । चलचित्रलाई प्रधान सँगै उत्तम खत्री, डि आर उपाध्याय र सन्जिव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् । राजाराम पौडेल कार्यकारी निर्माता रहेको चलचित्रको सह निर्माताहरुमा निरौला सँगै बालकृष्ण घिमिरे र साजन थापा रहेका छन् । चलचित्रलाई रमेश्वर कार्कीले छांयाकन गरेका हुन् भने बनिश शाहले सम्पादन गरेका हुन् । चलचित्रमा डि आर उपाध्याय, राम शरण पाठक र रवि मल्लको शब्द, कल्यान सिंहको संगीत, स्वप्न सुमन, त्रिशला गुरुङ, सन्देश पाठक र सागर संसार राईको आवाज तथा दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add