यो मन त मेरो नेपाली हो


सरकारी होस्टेलमा तीन छात्रा गर्भवती, एउटीले जन्माइन् बच्चा

ऐजेन्सी । भारतको ओडिशा राज्यमा एक अचम्मको घटना सार्वजनिक भएको छ । ओडिसाको ढेन्कनाल, कालाहाडी र जाजपुर जिल्लामा सरकारी स्कुलको होस्टेलमा बस्ने तीन छात्रा गर्भवती भएको घटना सार्वजनीक भएको हो । ओडिशा प्रहरीका अनुसार तीन जना मध्ये एकले भने होस्टेलमै बच्चा जन्माएकी छन् । सांकेतिक तस्वीर ढेन्कनाल जिल्लाको सप्तसजायमा पर्ने एक स्कुलको छात्रावासमा कक्षा ८ मा पढ्ने छात्रा गर्भवती भएको कुरा सोहि स्कुलका प्रधानाध्यापक जर्नादन समालले प्रहरीलाई बताएका थिए । ढेन्कनालका उप-विभागीय प्रहरी अधिकारी एस के करीमले सो छात्रामाथि अनुसन्धान सुरू गरिएको बताएका छन् । छात्राले दिएको बयान अनुसार जाजपुर जिल्लाको कालियापानीका एक युवकलाई पक्राउ गरिएको छ । यसअघि भारतकै कन्धमाल जिल्लाको एक जनजातीय विकास विभागद्वारा सञ्चालित स्कुलको होस्टेलमा १४ बर्षीया छात्राले बच्चालाई जन्म दिएको थियो । (एजेन्सीकाे सहयाेगमा)
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add