यो मन त मेरो नेपाली हो


बिचल किरातीको फिल्ममा लिए नायक रमित ढुंगानाले १८ लाख पारिश्रमिक

काठमाडौं, १५ माघ । नायक रमित ढुंगानाले एउटा चलचित्रको लागि महँगो पारिश्रमिक लिएको खुलासा भएको छ । आगामी चैत्रको पहिलो साताबाट छायांकन सुरु गर्ने एक चलचित्रको लागि नायक ढुंगानाले १८ लाख रुपैयाँ लिएको खुलासा भएको छ । पछिल्लो समय नायकहरुले महँगो पारिश्रमिक लिईरहेको हल्ला भैरहेको बेला नायक ढुंगानाले पनि आफूलाइ महँगो पारिश्रमिक लिने नायकको क्लबमा दर्ज गराएका छन् ।
हामीलाई प्राप्त जानकारी अनुसार  निर्मात्री सुरु राईको ‘किराँती ईन्टरटेनमेन्ट’ ब्यानरमा निर्माण हुन लागेको एक चलचित्रमा ढुंगानाले १८ लाख पारिश्रमिक लिनेगरि यही माघ १४ गते काठमाडौंमा सम्झौता गरेका छन् । चलचित्रको नाम र को–को कलाकारहरुको अभिनय रहन्छ भन्ने कुरा निर्माण पक्षले अहिले बाहिर ल्याएको छैन ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add