यो मन त मेरो नेपाली हो


गोवामा चलचित्र ‘गीत गजल’को गीतको छायांकन / यस्तो हुँदैछ छायांकन (फोटो फिचर)

चलचित्र ‘गीत गजल’को एक गीतको छायांकन यति बेला गोवामा धमाधम भैरहेको छ । निर्देशक नितिन चन्दले गोवाका रमणीय स्थानमा सिनेमाको गीत खिचिएको बताए । छायांकन भैरहेको गीतमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचर्ड गरिदै छ । गीत गजल निर्देशक चन्दको दोस्रो निर्देशकीय सिनेमा हो ।
 आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको छायांकन भैरहेको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुरेश लामा र अञ्जु पन्तको स्वर छ । छ कि छैन् थाहा बोलको गीतमा निर्देशक स्वंयमको कोरियोग्राफी रहेको छ ।
 आरोहण क्षेत्रीले निर्माण गरेको सिनेमा गीत गजलमा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली, नारायण पाण्डे, बालकलाकार योगीशा खत्री, सेजल खान लगायतका कलाकारको पनि अभिनय रहेको छ । निर्देशक नितिन चन्दले आफुले सिनेमाको गीतलाई उत्कृष्ट बनाउन कुनै कसुर बाँकी नछोडेको बताए । छायांकनरत गीतलाई सुरेश काफ्लेले छायांकन गरेका हुन् ।
 सिनेमामा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add