यो मन त मेरो नेपाली हो


लात्ती र लाठीले कुटेर ४० वर्षीय सोमबहादुर बस्नेतकाे ‘फियो’ च्यात्ने दुवै प्रहरी निलम्बित


सामान्य भनाभनमै प्रहरीले एक जनालाई कुटपिट गरेपछि बागलुङ जिल्ला प्रहरी कार्यालयले दुई प्रहरी जवानलाई निलम्बन गरेको छ । प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार गत पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले विनाकारण कुटपिट गरेको पाइएपछि कारबाहीका लागि दुवै जनालाई निलम्बन गरिएको हो । निलम्बित दुवै जना प्रहरीलाई हरिचौरस्थित इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ । ती प्रहरीले बागलुङ जिल्लाको गलकोट नगरपालिका–६, हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गरेका थिए । लात्ती र लाठीले हिर्काउँदा बस्नेतको पेटमा ठूलो चोट परेकाले फियो च्यातिएको थियो । फियो निकालेर पेटमा जम्मा भएको झण्डै दुई लिटर रगत दिनुपरेको र जटिल शल्यक्रिया गर्नुपरेकाले पेटमा ५० भन्दा बढी टाँका लगाइएको परिवारका सदस्यले बताएका थिए ।  कुटपिटमा संलग्न प्रहरीले बस्नेतको उपचार खर्च व्यहोरिरहेको प्रहरी उपरीक्षक रेग्मीले बताए । घाइते बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको छ । पुस २९ गतेको दिन गलकोट नगरपालिकाको वडा ६ बाट ३ तर्फ झोलुङे पुल हुँदै जानेबेला हरिचौर प्रहरी बिटमा कार्यरत प्रहरी जवानद्वय प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापासँग सोमबहादुर र उनका साथि कृष्णबहादुर खत्री र बिक्की गैरेको बाटोमै जम्काभेट भयो । बिक्कीलाई प्रहरीले अपशब्द प्रयोग गर्दै बोलाउदा सोमले ‘ह्वाट् डु यु मिन..’ भनेका थिए । त्यहि शब्द दोहो¥याउँदा अंग्रेजीमा कुरा गर्छस् भन्दै सोमलाई पिटेको बताइएको छ ।बिक्की सँग प्रहरीको चिनचान रहेको जनाइएको छ । src news24
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add