यो मन त मेरो नेपाली हो


भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गयो

काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे पूर्वको पहाडी जिल्लाहरू भोजपुर, खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा भूकम्पको धक्का महसुस भएको हो । भोजपुरको रामप्रसाद गाउँपालिकास्थित बैकुण्ठे केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रको अनुसार स्थानीय समय राति करिब साढे १० बजे (UTC 16:45) मा सो धक्का महसुस गरिएको हो । भूकम्प गएपछि भोजपुरसहितका पहाडी क्षेत्रका बासिन्दा त्रसित भएर बाहिर निस्केका थिए । मंगलबार बिहान पनि काठमाडौँको थापाथलीलाई केन्द्रबिन्दु बनाएर परकम्प गएको थियो ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add