यो मन त मेरो नेपाली हो


दक्षिण भारतीय फिल्मका महंगा नायकमा रबि तेजा अगाडी

साउथ फिल्म हेर्नेहरुका लागि रबि तेजाको नाम नौलो होईन । साउथ फिल्म उद्योगमा चर्चित नायकहरुको सूचिमा पर्ने रबि तेजाको अभिनय , कमिक स्टायल र एक्सनको क्रेज दर्शकहरुमा राम्रै देखिन्छ ।

साउथमा उनको लोकप्रियता यति छ की उनलाई त मास महाराजाको उपाधी नै दिईएको छ । सन् १९९० मा सहअभिनेताको रुपमा आफनो अभिनययात्रा थालेका रबि तेजाले फिल्ममा पहिले सानो सानो भुमिकामा काम गरेका थिए । तर उनी आज साउथका सुपरस्टार बनेका छन् । उनको पुरा नाम रबिशंकर राजु भुपतिराजु हो ।

९ बर्षपछि लिड रोलमा काम गर्न पाएका रबि तेजाले त्यसपछि रातारात सफलता पाए अनि सुपरस्टार बने । उनको क्रेज र स्टारडमको कारण नै रबि तेजा एक फिल्मका लागि १० करोड पारिश्रमिक लिने गर्छन् ।

कुनै समय सन २०१२ मा फोर्ब्स पत्रिकाले उनलाई धनी कलाकारहरुको सूचिमा पनि राखेको थियो । जुन बेला उनको बर्षभरीको कमाई १५ करोड भन्दामाथि थियो । जुन सूचिमा उनी ५० औँ नम्बरमा थिए । अब सन् २०१८ सम्ममा उनको बर्षभरीको कमाई कति होला भनेर सहजै अनुमान लगाउँन सकिन्छ ।

उनकै फिल्मबाट रिमेक गरी हिन्दीमा बनाईएको फिल्म राउडी राठौरबाट अक्षय कुमार रातारात मालामाल भएका थिए । करोडौँका मालिका रबि तेजाले सुरुवाती दिनमा बलिउडमा सह निर्देशकको रुपमा पनि काम गरेका थिए तर उनले फिल्ममा अभिनय भने गरेका छैनन् ।

चर्चित भन्दा चर्चित निर्देशक र निर्माताहरुसंग काम गरेका रबि तेजालाई बलिउड फिल्मका दर्शकहरुले पनि निकै रुचाउँने गर्छन् । जब हल वा टेलिभिजनमा उनको आगमन हुन्छ तब सिटी नबजेको कुनै क्षण नै हुँदैन ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add