यो मन त मेरो नेपाली हो

जहाँ जाडोमा जल्छन् महिला

जाडोले बढी पिरोल्ने ठाउँ हो– तराई । यहीँ चल्छ शीतलहर पनि । यसबाट बच्न तराई–मधेसका गरिब बस्तीका बासिन्दा घुर( आगो) ताप्छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । प्रायः घरमा परालको आगोले जाडो धपाइन्छ । तर महिलाका लागि आगो काल बनिदिन्छ । जनकपुर अञ्चल अस्पतालको बर्न वार्डमा अहिले ६ जना आगोले पोलेका बिरामी उपचाररत छन् । घरायसी काममा यसैपनि आगोसँग महिला नै बढी जुध्नुपर्छ । महिलालो साडी अड्याउन पेटिकोट लगाउँछन् । त्यसको गाँठो बलियो पार्छन् नै । यस्तो अवस्थामा कहीँकतै आगोले साडीमा समातिदियो भने सजिलै साडी फुकाल्न नसकिने र समय लाग्ने हुँदा कम्मरमूनिको भागबढी जल्ने गरेको बर्न भाइलेन्स सर्भाइबर संस्थाकी धनुषा प्रतिनिधि सिया सहेली कुमारी साहले बताइन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add