यो मन त मेरो नेपाली हो


तिहारमा दिदि भाइलाइ बाटोमा पर्खेर बस्दाको मार्मिक भिडियो

हिन्दु हरुको महान चार्डको अवसर पारेर डि.ए.आर मुभिज एण्ड फिल्म्स इन्डस्ट्रिज प्रा.लिले डि एन दाहाल (धनपति) को प्रस्तुतिमा गीता देवीको तिहार गीत ‘बाटो पर्खेर’ को भिडियो सार्बजनिक गरिएको छ । दशैं गीत ‘रुन्छ यो मन’ पछि डि.आर.मुभिजको पृथक देउसी भैलो सहितको परदेशी दाजुभाई र गाउँमा रहेकी चेली प्रति समर्पित कथा गीतले बोकेको छ ।

हाल सम्म चार हजार भन्दा बढी गीतमा स्वर दीइ सकेकी गायिका गीता देवीको साथमा यो गीतमा जे.गौतम ले स्वर दिएका छन् । डि एन दाहाल (धनपति) को शब्द संकलन रहेको उक्त गीतको लय संकलन एवं भिडियो परिकल्पना जे.गौतम स्वयम्को रहेको छ । यस गीत संगै जे.गौतमको एक दशक पछि सांगीतिक क्षेत्रमा पुनरागमन भएको छ । सार्बजनिक गीतमा भुवन प्रकाश बडूको संगीत संयोजन रहेको छ ।

काभ्रे जिल्लाको बनेपा,पनौती एवं बेथान चोक गाउँ पालिकाका विभिन्न मनोरम स्थान हरुमा छायांकन गरिएको भिडियोलाइ रोशन झाले निर्देशन गरेका हुन् । महेश महराले छायांकन गरेको भिडियो लाइ जे गौतमले सम्पादन गरेका हुन् । घर परिवार देखि टाढा रहेका जसले यस पालिको तिहारमा टिका थाप्न पाउदैनन तिनी हरुको मनको पिडालाइ यो गीतमा व्यक्त गरिएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add