यो मन त मेरो नेपाली हो


‘जात्रै जात्रा’ को टिजर रिलिज / चलचित्र फागूण १७ गते रिलिज हुने (भिडियो)

छायांकनमा जान लागेको चलचित्र ‘जात्रै जात्रा’को  टिमले यसको टिजर सार्वजनिक गरेको छ । चलचित्रको टिजर मात्र केही दिन अगाडि छायांकन गरिएको  थियो ।प्रदिप भट्टराइको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई फागूण १७ गते रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ ।

चलचित्रको टिजरमा मुख्य ३ कलाकार विपिन कार्की, रविन्द्र सिंह बाँनिया र रविन्द्र झा देखिएका छन् । यो टिजरमा नायक दयाहाङ राइलाई समेत देख्न सकिन्छ । चलचित्रको घोषणा कार्यक्रममा दयाको नाम सार्वजनिक गरिएको थिएन । दयाको सरप्राइज भूमिकाले दर्शकमा कौतुहलता अझै बढाउनेछ ।

चलचित्रमा नायिका बर्षा राउतको पनि मुख्य भूमिका छ । तर, टिजरमा बर्षालाई देखाइएको छैन ।‘जात्रा’ हिट भएको २ बर्षपछि यसको सिक्वेल बनाउन लागिएको हो । रविन्द्र सिंह बानियाँ प्रस्तुतकर्ता रहेको चलचित्रमा सिंगे लामा र यादव पौडेलको लगानी छ । चलचित्रमा मित्र डी गुरुङको सम्पादन, शिवराम श्रेष्ठको छायांकन, शंकर महर्जनको एक्सन रहनेछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add