काठमाडौँ । ‘आहै झिलिमिली, झिलिमिली
आहै के को झिलिमिली
आहै बत्तीको झिलिमिली ।’
तिहार भन्ने बित्तिकै हाम्रो दिमागमा झिलिमिली बत्ती आइहाल्छ ।
किनभने केही वर्ष अघिसम्म पूरै राजधानी झिलिमिली हुन तिहार नै पर्खनुपथ्र्यो ।
देश लोडसेडिङको समस्याले आक्रान्त थियो । १८ घण्टासम्म विद्युतविहीन बन्न बाध्य राजधानीवासीलाई तिहारले केही समय भए पनि राहत दिने गर्थ्यो ।

तर, अहिले स्थिति फेरिएको छ ।
कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक तथा जनार्दन शर्मा उर्जामन्त्री बनेर आएपछि राजधानी अन्धकारमा बस्नुपरेको छैन ।
केही वर्षअघिसम्म रात परेपछि लोडसेडिङको अन्धकारमा डुब्ने राजधानी, अहिले हरेक रात चहकिलो उज्यालोले चम्किने गर्छ ।
पहिले यस्ता तस्विरहरु कैद गर्न लक्ष्मीपूजाको दिनसम्म पर्खनुपर्ने बाध्यता थियो । अहिले यो बाध्यताको अन्त्य भएको छ ।
तपाईंहरु आफै हेर्नुहोस्, उज्यालो काठमाडौँका केही तस्विरहरु :
सुवास श्रेष्ठ रातोपाटीका फोटोपत्रकार हुन् ।
रातो पाटि बाट
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment