यो मन त मेरो नेपाली हो


प्रतिस्पर्धीलाई शृंखला सिकाउँछिन् ‘नमस्ते नेपाल’ !

काठमाडौं। ‘नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ? ’ मिस वर्ल्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका एक सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन्। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपाल शृंखला खतिवडाले उनीहरूलाई नेपाली भाषा सिकाए पछि उनीहरूले यस्तो सम्बोधन गरेका हुन्। भोटिङमा अग्रपंक्तिमा रहेकी शृंखलाले आफ्ना प्रतिस्पर्धीलाई नेपाली बोल्न सिकाइरहेकी छन्।

उत्कृष्ट ३० मा परेकी शृंखलाले शुक्रबार मध्यरातसम्म खसेको कुल भोटमध्ये २०.६८ प्रतिशत पाप्त गरेकी छन्। उनले १ लाख २ हजार ३ सय ८४ मत पाएकी छन् भने उनकी निकटतम प्रतिस्पर्धी फ्रान्सकी माइभा कुको ले ३३ हजार २ सय ७ ९३.३२प्रतिशत र अमेरिकाकी मारिसा बटलरले ३१ हजार ८ सय २६ मत प्राप्त गरेकी छन्। मिस वर्ल्ड २०१८ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर ८ मा हुँदैछ।

विभिन्न च्यानल र सामाजिक सञ्जालमा गरिएको मत सर्वेक्षणमा शृंखला उत्कृष्ट एकदेखि सात स्थानमा परेकी छन्। उनी यसवर्ष मिस वल्डका लागि भारतको प्रतिनिधित्व गरेकी अनुष्कृति भाषभन्दा धेरै अगाडि छिन्। ‘ब्युटी विथ परपस’ भन्ने नारासहित नेपालको प्रतिनिधित्व गरेकी शृंखलाले मुलुकलाई चिनाउन विभिन्न तरिका अपनाएकी छन्। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add