यो मन त मेरो नेपाली हो


आत्महत्या नगर्न सन्देश दिदैं मकवानपुरमा चलचित्र निर्माण

हेटौँडा, ७ मंसिर । मकवानपुरमा आत्महत्याको विषयलाई लिएर कथानक चलचित्र कल्चर निर्माण भएको छ । लाबा मिडिया प्रालिको ब्यानरमा थाहा कला केन्द्रको प्रस्तुति रहेको नेपाली कथानक चलचित्रको आज हेटौंडामा प्रोमो रिलिज तथा पत्रकार सम्मेलन सम्पन्न भएको हो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका लेखक तथा निर्देशक सानुवावु मोक्तानले आत्महत्याको संस्कृतिको विषयमा चलचित्र निर्माण गरिएको बताएका छन् ।

अहिले नेपालमा युवा देखि बृद्धहरुसम्मले आत्महत्या गर्ने गरेको प्रसंग, आत्महत्याको कारणलाई चलचित्रलाई खोतल्ने प्रयत्न गरिएको निर्देशक मोक्तानको भनाइ रहेको छ । चलचित्रले आत्महत्यापछि परिवारमा भएको तनाव तथा आत्महत्यासम्मको अवस्थाको विषयमा चलचित्रले मार्मिक ढंगबाट ब्याख्या गरिएको बताए । चलचित्र हेरेपछि आत्महत्या गर्ने सोंचमा पुगेकाहरु समेत आत्महत्या नगर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

कूल २१ लाख रुपैँयाको लागतमा निर्माण भएको चलचित्र मकवानपुरको थाहा नगरपालिका वडा नम्बर २ भाङखोरीया, दामन, पालुङ तथा हेटौँडामा छायाङ्कन गरिएको छ । चलचित्रमा मिना पूर्णिमा खड्का, विना मुक्तान, विनित रायमाझी, दिपराज खत्री, रुपक कालिराज, शुभराज भोम्जन, रवि जिम्वा लगायतको अभिनय रहेको छ । चलचित्रलाई मंसिर १५ गते थाहा कलाकेन्द्रमा प्रिमीयर शो गरिने चलचित्र युनिटले जानकारी दिएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add