बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षीत चलचित्र ‘जीरो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।शाहरुखको ५३ औं जन्मदिनको अवसरमा सार्वजनिक ट्रेलरमा शाहरुखले एक पुड्को व्यक्ति बउवा सिंहको भूमिका निर्वाह गरेका छन् ।
चलचित्र ‘जीरो’मा शाहरुखका सगै अनुष्का शर्मा, कटरीना कैफको मुख्य भूमिका रहेको छ भने अभिनेता सलमान खान र श्रीदेवी अतिथी भूमिकामा देखिदै छन् । चलचित्रमा त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको छ ।
२१ डिसेम्बरमा रिलिज हुने ‘जीरो’लाई आनन्द एल रायले निर्देशन गरेका हुन् ।चलचित्रलाई गौरी खान निर्माण गरेकी हुन् । अजय-अतुलको संगीत रहेको चलचित्र ‘जीरो’ शाहरुखले करिअरकै सबैभन्दा मुश्किल रोल निभाएको चर्चा चल्न थालेको छ ।
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment