
‘मालिका’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘मालिका’’प्रदर्शनमा आएको छ।चलचित्र ‘मालिका’ रेखा थापाको निर्माण तथा निर्देशनमा जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरवहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषय वस्तु महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित रहेको छ ।
रेखा फिल्मसको पाँचौ प्रस्तुती ‘मालिका’मा जाजारकोटकी कमला ओली मुख्य भूमिकामा देखिँदै छिन् । ‘हिम्मतवाली’ पछि पुनः निर्देशनमा हात हालेकी रेखा गएको वर्ष प्रदर्शनमा आएको सिनेमा ‘रुद्रप्रिया’ पछि पर्दामा देखिन लागेकी हुन् । एक्सन अभिनेत्रीको छवि बनाएकी उनले अचेल समाजमा जरा गाडेर बसेका विकृती र विसंगतिलाई सिनेमा मार्फत् टिप्न थालेकी छन् ।
शिवम अधिकारीको लेखन रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत रहेको छ ।चलचित्रमा बनिश शाहको सम्पादन तथा सरस्वति थापा निर्माता र नर कार्की कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
‘चंङ्गा चेट’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘चंङ्गा चेट’पनि प्रदर्शनमा आएको छ।चलचित्र ‘चंङ्गा चेट’लाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । प्रिन्सेस मुभिजको व्यानरमा निर्माण भएकोयस चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर लगानी गरेका छन् ।‘चङ्गा चेट’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संन्दीप क्षेत्री, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्त, अपर्ण थापा, माओत्से गुरुङ, ऋचा शर्मा, बेनिशा हमाल, शिशिर वाङ्देल, पुष्कर गुरुङ, सरिता गिरी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
चलचित्रमा प्रदीप भारद्धाजको पटकथा तथा संवाद, राजन राज सिवाकोटी, कोशिस क्षेत्री र अल्मोडा राना उप्रेतीको संगीत, प्रविन सिंहको कोरियोग्राफी, निरज कँडेलको डिओपी, सुर्य थोकरको द्धन्द्व, दीर्घ खड्काको सम्पादन रहेको छ ।







0 comments:
Post a Comment