यो मन त मेरो नेपाली हो


नेपाली फिल्ममा सन्नी लियोनी / अभिनय गर्न पाउदा खुसी / यसरि पोखिन टुईटरमा खुशी

बलिउड नायिका सन्नी लियोनी चाँडै नै नेपाली चलचित्रको हिस्सा बन्दै छिन् ।उनले ‘पासवर्ड’ नामक नेपाली चलचित्र अभिनय गर्न लागेकी हुन् । एबी इन्टरनेशनलले पहिलो पटक निर्माण गर्न लागेको ‘पासवर्ड’मा सन्नीको आइटम डान्ससमेत रहने बताइएको छ ।



यसबारेमा ट्वीट गर्दै सन्नीले भनेकी छिन्, ‘बहुप्रतिक्षित नेपाली चलिचित्र ‘पासवर्ड’ को डान्स नम्बरमा हिस्सा बनाउँदा म निकै खुसी छु ।’‘सन्नी यसका लागि उत्साहित छिन् र नेपाली चलचित्रलाई माया गर्नुपर्छ भन्ने मन बोकेकी बलिउड अभिनेत्री हुन’ यसनेशनलले जारी गरेको विज्ञप्तिमा पनि भनिएको थियो ।



सन्नीले चलचित्रका मुख्य अभिनेता बिक्की जोशीसँग स्क्रिन सेयर गर्ने बताइएको छ ।निर्माण पक्षका अनुसार फिल्मको ९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत नेपालमा हुने चलचित्रले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्ष कथाको रुपमा उठाउने निर्माण कम्पनीको भनाई रहेको छ ।

फिल्ममा सन्नी र विक्की जोशीसहित दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङको, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेतको समेत अभिनय रहनेछ ।

सस्पेन्स, एक्सन र थ्रीलर जनरामा बन्ने चलचित्र सम्राट बस्नेतले निर्देशन गर्न लागेका हुन् । उनको यो निर्देशनमा डेब्यु चलचित्र हो । यसअघि उनले दर्जनौं चलचित्रमा एक्सन र कोरियोग्राफी गरेका छन् ।



अर्जुन पोखरेलको संगीत रहने चलचित्रमा ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।अमित बस्नेत र हिरल जोशी निर्माता रहेको चलचित्रमा सौरभ लामाको छायांकन सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेतको लेखन रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add