चर्चित गायक शिव परियारको स्वरमा चर्चित डान्स ग्रुप भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘भेट भयो सोल्टिनी संग’ बोलको गीतमा नारायण कडेँलको शब्द तथा रमेश कायस्थको संगीतमा रहेको छ ।
भिडियोमा भिमफेदी गाइज संगै नायिका आचल शर्मालाई फिचर्ड गरिएको छ। भेट भयो सोल्टिनी संग बोलको गीतमा भिमफेदी गाइज र आचल शर्मा क्लासिक तथा वेस्र्टन लुक्समा प्रस्तुत गरिएको छ।
भिमफेदी गाइजकै कोरियोग्राफी तथा निर्देशन निर्मल लामाको रहेको गीतमा ज्ञानेन्द्र शर्माले क्यामेरा चलाएका हुन्। पवन शुस्लिङको सम्पादन रहेको भिडियोलाई भिमफेदी गाइजले रमाइलो बनाएका छन्।
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment