नेपाल आइडलको सुरुदेखि नै आफ्नो स्वरको जादु चलाउन सफल पोखराकी नीलिमा थापा शुक्रबारको इपिसोडबाट बाहिरिएकी छन्। धेरैजनालाई साथी बनाउन नसक्ने रिजर्भ स्वभावकी नीलिमाले आइडलबाट बाहिरिएपछि सधैंभरि गायनलाई नै साथी बनाएको बताइन्। भन्छिन्, ‘गीत नै मेरो साथी, गीत नै मेरो जिन्दगी।’
नीलिमा पोखरा अडिसनबाट गोल्डेन माइक प्राप्त गरी नेपाल आइडलमा प्रवेश गरेकी हुन्। उनीसँग दुई थरी स्वरको जादु छ। बोल्ने बेलामा केही मोटो स्वर निस्कने नीलिमा जब माइक समाउँछिन्, अनि निस्कन्छ उनीभित्रको स्वरको जादु।
सबै खालका गीत गाउने सक्ने खुबी भएकी नीलिमा अघिल्लो हप्तादेखि केही अस्वस्थ देखिएकी थिइन्। उनले विभिन्न औपचारिक कार्यक्रममा स्टेज प्रस्तुति पनि दिने गरेकी छन्।
शुक्रबार कार्यक्रमबाट बाहिरिनेमा आफ्नो नाम सुनेपछि उनी एकाएक स्तब्ध बनिन्। आँखाबाट खस्नखस्न लागेको आँसु लुकाउँदै उनी जबरजस्ती हाँस्न खोजिरहेकी थिइन्। उनले नेपाल आइडलले आफूलाई विशेष प्रकारको नाम र पहिचान दिएकोमा कार्यक्रमको खुलेर प्रशंसा गरेकी थिइन्। शुक्रबारको प्रस्तुतिमा पफमर अफ द डे अमित बरालले पाए। सर्वाधिक भोट सुमित पाठकले पाए भने अस्मिता अधिकारी र विक्रम बराल बटम थ्रीमा परे ।
निलिमा बाहिरिएसँगै आइडलमा सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी छन्। आइडलको प्रतिस्पर्धा झन्झन् रोमाञ्चक बनिरेको छ। आइडलको जजमा न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन्।
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)








0 comments:
Post a Comment