मङ्सिर ७ – मङ्सिर २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सुश्री सम्पत्ति’ को ट्रेलर रिलिज भएको छ । कमेडीले भरिपूर्ण ट्रेलर आज रिलिज भएको हो । चलचित्रको ट्रेलरमा कमेडी सम्बादहरुले राम्रो स्पेस पाएको छ ।
चलचित्रमा अभिनेता द्वय सलोन बस्नेत र बिनोद न्यौपाने सुश्री सम्पत्तिको खोजीमा लागिपरेको देखाईएको छ ।
ट्रेलरमा अन्य कलाकारहरुको तुलनामा सलोन र बिनोदले बढी स्पेस पाएका छन् । यस्तै ट्रेलरमा अभिनेत्री सारा स्रिपाईली र राजाराम पौडेलको पनि फिचरिङ्ग रहेको छ । सुव्रत आचार्यको निर्देशन रहेको चलचित्रलाई बिज्ञान राई, नुमन सुब्बा र रोमन शिलाकारको निर्माण रहेको छ । चलचित्रमा निर्देशक सुब्रत र अबिमन्यु निरबीको संबाद रहेको छ ।चलचित्रमा प्रमोद आग्रहरी, जयनन्द लामा, सुनिता श्रेष्ठ ठाकुर आदिको पनि मुख्य अभिनय रहेको छ ।
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)








0 comments:
Post a Comment