यो मन त मेरो नेपाली हो


श्रम कार्यालय ताहचलमा दलाल, प्रहरी र कर्मचारीको मिलेमत्तोमा लुट !


काठमाडौं, २९ कात्तिक । रोजगारीका लागि विदेश जाने जो सुकैले पनि नेपाल सरकारको श्रम मन्त्रालय अन्तगत रहेको श्रम कार्यालयबाट श्रम स्विकृति लिनु पर्ने हुन्छ । यो कार्यालयका केही कर्मचारीहरु के कसरी घुस खान्छन् हामीले धेरै पटक देखाईसकेका छौ ।
काम छिटो गरिदिने भन्दै बाहिर रहेका दलालहरुले पठाएका व्यक्तिको काम गर्ने कर्मचारीलाई रंगेहात समातेपछि उन्ले प्रमाण मेटाउन आफ्नो मोवाईल झ्याङमा फालेका थिए । संयोगले मोवाईल पनि भेटियो र प्रमाण स्वरुप दलालले पठाएका म्यासेज पनि । यस कति कतिपयलाई त अख्यिार दुरुपयोग अनुसन्धानको टिमसँग सहकार्य गरि पैसा लिदै गरेको रंगेहात समातेको देखाईसक्यौ ।
आज फेरी श्रम कार्यालयकै विषय । हाम्रा टिभि जर्नलिष्ट रिपोर्टिङका लागि श्रम कार्यालय ताहचल पुग्दा उनलाई रोकियो । कार्यालय प्रमुखको अनुमतिपछि मात्र पत्रकारले भित्र पस्न पाउने भन्दै प्रहरीले उनलाई रोके । रोक्न त रोके दुव्र्यवहार समेत गरे ।
हो यहाँ सञ्चारकर्मीहरुलाई कर्मचरीको मिलेमतोमा रोकिन्छ । तर दलालहरुलाई भने तिनै प्रहरी स्वागत गर्दै कार्यालय परिसरमा छिराउँछन् । स्याङजाका दिपक शाही आफ्ना साथीसँग बुधवार श्रम स्विकृति लिन श्रम कार्यालय ताहचल पुगे । उनी ट्याक्सीबाट झर्न नपाउदै एक जना दलालले आएर प्रति व्यक्ति १५ सय रुपैयाँ दिए ४ घण्टा लाइन बस्न नपर्ने भने ।
साँझको फ्लाइट भएका उनिहरुले पनि लामो लाइन देखेपछि १५ सय रुपैयाँ दिन राजी भए । दलाल प्रहरीलाई के छ, खबर भन्दै भित्र पसेर १५ मिनेटमै उनिहरुको श्रम स्विकृति लिएर आए ।
श्रम स्विकृति बनाएपछि उनले खुलेआम यसरी पैसा लिए । श्रम कार्यालयमा खुलेआम यसरी दालल, प्रहरी र कर्मचारीको मिलेमतोमा सर्वसाधारणलाई लुट्ने काम भइरहन्छ । दलाल मार्फत भएको काम १० मिनेटमा गर्ने कर्मचारीहरु लाइन लागेकाहरुलाई घण्टौं कुराएर पनि डकुमेन्ट नमिलेको भन्दै अनावश्यक दुख दिन्छन् ।
अनि गेटमा बस्ने प्रहरीको काम सञ्चारकर्मीहरुलाई रोकेर दलाललाई भित्र छिराउने हुन्छ ?
संबन्धित
मोबाइल एपहरु
Follow Us!
Youtube
Facebook
Twitter
appharu © 2016 News24Nepal

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add