काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका होनहार सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पुन :दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन्।
१२औं सिजनको आर्इपीएलका लागि दिल्लीले उनलाई रिटेन गर्ने भएको हो । दिल्लीले सन्दीपसहित १४ खेलाडीलाई रिटेन गरेको छ।
गत सिजन ३२ लाख रुपैयाँमा दिल्लीमा आबद्ध भएका सन्दीपले दिल्लीबाट खेल्दै आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटरको इतिहास बनाएका थिए ।
अफगानिस्तान प्रिमियर लिग खेलेका सन्दीप यूएईको टी–१०, बंगालदेशको बिपिएल र अस्ट्रेलियाको बिबिएलमा अनुबन्धन भएका उनले एक वर्षको बीचमा सात विदेशी फ्रेन्चाइज लिगमा आबद्ध भएका छन्।
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)







0 comments:
Post a Comment