माघ १८ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘सयकडा दश’ले पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी…’ सार्वजनिक गरेको छ ।‘प्रेमगीत २’ फेम्ड निर्देशक रामशरण पाठकले यसलाई पब्लिसिटी अभियानको थालनीको रुपमा व्याख्या गरेका छन् ।

‘दाईलाई कुरा लाइदिनी, सात्तो खाइदिनी…’ बोलको गीतलाई कल्याण सिंहले कम्पोज गरेका हुन् । तृषला गुरुङ र सन्देश पाठकले गायनमा सहकार्य गरेका छन् । निर्देशक पाठक गीतकार हुन् ।
गीतमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छन् । मुख्य पात्रको वैवाहिक समारोहलाई चित्रण गरिएको गीतलाई पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायांकन गरिएको हो ।
भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा फिल्मले पेश गर्छ । मनोज गजुरेल र राजाराम पौडेल समेत मुख्य भूमिकामा छन् । कमेडियन समेत रहेका गजुरेलको यो डेब्यु फिचर हो । गजुरेललाई गत महिना अस्कर अवार्डको अफिसियल च्यानल एबीसीले विश्वका उत्कृष्ट २० कमेडियनमध्य छानेको छ ।
दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सहनिर्माता हुन् । निर्माताले च्यारिटीसहित सामाजिक कार्यमार्फत पनि फिल्मको प्रवद्र्धन गर्ने प्रचार संयोजक सुदीप पौडेलले बताए ।

0 comments:
Post a Comment