यो मन त मेरो नेपाली हो


करोड क्लबमा ‘उम्लियो भने पोखिन्छ’ (भिडियो)

 असोज ३०  गतेबाट प्रदर्शन भएको चलचित्र ‘जय भोले’ को गीत ‘उम्लियो भने पोखिन्छ’ करोड क्लबमा प्रवेश गरेको छ । युट्युबमा सार्वजनिक भएको पाच महिना पछी गीत आज करोड क्लबमा पर्न सफल भएको हो । गीतले १ करोड भन्दा धेरै भ्युज पाउदा अहिले सम्म ५१ हजार भन्दा धेरै लाइक्स तथा ५ हजारको हाराहारीमा डिस लाइक्स प्राप्त गरेको छ । यस्तै गीतमा २ हजार ५ सय भन्दा धेरैले कमेन्ट गरेका छन् । असोज ३०  गते फुलपातीको दिनबाट प्रदर्शनमा आएको चलचित्रले ३ करोड भन्दा धेरैको ब्यापार गरिसकेको छ ।
राजनराज सिवाकोटी र मेलिना राईको आवाज रहेको लोक फ्लेवरको गीतमा राजनराज कै शब्द तथा संगीत रहेको छ । यस्तै गीतमा राजन इशानको एरेन्ज रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु अटाएका छन् ।

गीतको भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । भेट्रान निर्देशक अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘जय भोले’ मा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्दी तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाल आदिको मुख्य अभिनय रहेको छ । चलचित्रमा खगेन्द्र लामीछानेको कथा रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add