यो मन त मेरो नेपाली हो


खुमन अधिकारी र गायत्री थापाको पन्चेबाजा गीत ‘बोली मिठो’को भिडियो सार्वजनिक

चर्चित गायक गायिका खुमन अधिकारी र गायत्री थापाको स्वर रहेको पन्चेबाजा गीत ‘बोली मिठो’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित गीत शिव दर्शन फिल्मस्को युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतमा बीबी थापाको शब्द तथा महेन्द्र मण्डारीको संगीत रहेको छ । बिबाहको माहोल श्रृजना गरेर तामझामका साथ निर्माण गरिएको भिडियोमा दुर्गिस थापा र सम्पदा बाँनिया मुख्य मोडलका रुपमा देखिएका छन् । गायका खुमन र गायिका गायत्रीलाई भिडियोमा देख्न सकिन्छ । नृत्यका लागि थुप्रै कोरस कलाकार समेत प्रयोग गरिएको भिडियोमा एक केटाले बिबाह समारोहमा केटी पट्याउन गरेको संघर्ष कथाको रुपमा प्रस्तुत छ । अहिले बजारमा आएका भन्दा केही भिन्न रहेको भिडियोमा दुर्गा पौडेलको छायाँकन, अमृत चापागाइको सम्पादन रहेको छ । भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add