निकै चर्चित गीत ‘गङनम स्टाइल’का गायक पीएसवाई (पार्क जेई साङ) कन्सर्टको लागि नेपाल आउने भएका छन् ।रेकर्ड ब्रेकर गीत ‘गङनम स्टाइल’का गायक पीएसवाई नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदुतावासले आयोजना गर्न लागेको कार्यक्रममा सहभागीहुन आउन लागेका हुन् ।

कोरियामा उनी हाँस्य स्टेज प्रस्तुती र भिडियोबाट चर्चित छन् भने अन्तर्राष्ट्रीय रुपमा गङनम स्टाइल गीत तथा भिडियोले उनलाई चर्चित बनाएको छ । १५ जुलाई २०१२मा सार्वजनिक भएको उक्त गीतको भिडियो २१ डिसेम्बर २०१२मा आएर यूट्युबको इतिहासमै पहिलोपटक एक अर्ब भ्युज बनाउन सफल भयो ।
पीएसवाई साउथ कोरियन गायक, र्यापर, रचनाकार पनि हुन् ।उनले डिसेम्बर १५ तारिखमा खुमलटारस्थित सातदोबाटोको रेडियो ग्राउण्डमा हुने ‘पीएसवाई विथ के पप लाइभ इन नेपाल’ कन्सर्टमा आफनो प्रस्तुती देखाउने छन् ।
कार्यक्रममा पीएसवाईलाई नेपालका चर्चित पप गायक दीपक बजार्चायले पनि साथ दिने छन् । पछिल्लो समयमा उनको ‘मनमगन’ गीतले बजार निकै तताइरहेको छ । यो गीत नेपाली भाषामा मात्र नभई हिन्दी भाषामा समेत रिमेक गरिएको छ ।कन्सर्टमा बज्राचार्यले नेपाली भेषभुषा र नेपाली मौलिक बाजाहरुलाई समेटेर आफ्नो ब्याण्ड सहितको प्रस्तुती दिनेछन् ।

0 comments:
Post a Comment