यो मन त मेरो नेपाली हो


चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा नायिका पूजा शर्माको १५ लाख पारिश्रमिक

चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा नायिका पूजा शर्माको १५ लाख पारिश्रमिक
नायिका पूजा शर्मालाई अब दर्शकले ‘सम्हालिन्छ कहिले मन’मा देख्न पाउने भएका छन् । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्रमार्फत पूजा दर्शकमाझ आउन लागेकी हुन् ।
अमितकुमार बस्नेत र अजितकुमार थापाको निर्माण चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा उनले पारिश्रमिक स्वरुप मोटो रकम बुझेकी छन् । सोमबार उनी १५ लाख रुपैयाँमा उक्त चलचित्रमा आबद्ध भएकी छन् ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भर्खरै पुनम गौतमको फिल्ममा १५ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । साम्राज्ञीसँगै पूजा पनि महंगो नायिकामा दह्रिएकी छिन् । ‘प्रेम गीत’ पछि आफनै ब्यानरको फिल्ममा रमाइरहेकी पूजाले ब्यानर भन्दा बाहिरको फिल्ममा राम्रो पारिश्रमिक पाउन सफल भएकी हुन् ।
माघबाट छायांकन सुरु हुने चलचित्रमा पूजाको अपोजिटमा नव–नायक सोनम तोप्देन र अर्का एक नायक रहने छन् । सोनम पक्का भए पनि अर्का नायक को हुने फिक्स भइसकेको छैन ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add