यो मन त मेरो नेपाली हो


अफगानिस्तानको मस्दिजमा बम आक्रमण, १२ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको पूर्वी खोस्ट प्रान्तको मन्दोजाई जिल्लास्थित एक मस्जिदमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको छ । बम आक्रमणमा ३३ जना घाइते भएका छन् ।
मृत्यु र घाईते हुने सबै अफगान राष्ट्रिय सेनाका सुरक्षाकर्मी भएको खोस्ट सुरक्षा वेशका प्रवक्ताले जनाएका छन् । मस्दिजमा पूजाका लागि ठूलो संख्यामा धर्मावलम्बीहरु आएका बेला सैनिकहरु रहेको स्थानमा आक्रमण भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिएका छन् । घटनाका बारेमा सरकारी अधिकारीहरुले विस्तृत जानकारी नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि राजधानी काबुलमा तीन दिनअघि भएको आत्मघाती आक्रमणमा ५० जनाको मृत्यु भएको थियो ।(एजेन्सी)
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add