यो मन त मेरो नेपाली हो


विवाद भएको २ वर्षपछि करणको साथमा ‘ कफी ’ पिउँदै काजोल र अजय !


एजेन्सी, ३० कात्तिक । करण जोहर निर्देशित पहिलो फिल्म ‘कुछ कुछ होता है’ को अभिनेत्री काजोल उनको बेस्ट फ्रेण्ड हो । तर दुई वर्ष अगाडि काजोलकी श्रीमान अजय देवगनको फिल्म ‘शिवाय’ र करण जोहरको फिल्म ‘ए दिल है मुस्किल’को रिलिजको दौरानमा भएको चर्को विवादले उनिहरुको असल साथीको सम्बन्धमा चिसोपना छाएको थियो ।
अभिनेत्री काजोलले आफ्नो बायोग्राफीमा आफैले अजय र करण जोरवीचको विवादलाई खुलासा गरेकी थिइन् । दुई वर्षपछि पुनः उनिहरुको असल साथीको सम्बन्धले निरन्तरता पाउने भएको छ ।
अब सो विवादपछि पहिलो पटक काजोल आफ्नो श्रीमान अजय देवगनको साथमा करण जोहरको शो ‘कफी विद करण’मा आउँदैछन् । अजय, काजोल र करण तीनै जनाले गत विहीबार यस एपिसोडको सुटिङ गरेका छन्, भने तस्वीर पनि सेयर गरेका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add