यो मन त मेरो नेपाली हो


कक्षा १२ मा अध्ययनरत बन्दना नेपाल एक सय २६ घण्टा नाचेर विश्व कीर्तिमान राख्दै

काठमाडौं, ७ मंसिर । गिनिज बुक अफ वल्र्ड अर्थात् विश्वमा कसैले गर्न नसक्ने काम गरेर राखिने कीर्तिमान हो । यहि विधामा एउटा नाम थप्ने उद्देश्यले नृत्यांगना वन्दना नेपाल एक सय २६ घण्टा लगातार नाचेर विश्वर कीर्तिमान बनाउँदै छिन् ।
यिनी बन्दना नेपाल । कक्षा १२ मा अध्ययनरत बन्दना त्यस्तै अद्भुत कला र क्षमताका साथ गिनिज बुकमा कीर्तिमान लेखाउने दाउमा छिन् । लगातार १ सय २६ घण्टा सम्म नाचेर विश्व कीर्तिमान बनाउन आफ्नो कला शुक्रबारबाट प्रस्तुत गरेकी छिन् ।

धनकुटाकी बन्दनाको नाच्ने शोख र नाचेरै विश्वमा आफूलाई चिनाउन र नेपालको थप पहिचान लेखाउने उनको परिवारको आश छ । यसअघि, एक सय २३ घण्टा नाचेर विश्व कीर्तिमान कायम गरेकी भारतकी केरलाकी कलामण्डल हेमथलाको कीर्तिमान खोस्ने उनको दाउ आफैमा लोभलाग्दो छ । बन्दनाको यो उत्साह र साहसलाई लिएर उनका बाबु पनि दंग छन् ।

बत्तिसपुतलीस्थित विग फुडल्याण्डमा सुरु भएको यो कीर्तिमान कायम गर्ने नाच अवलोकन गर्न पर्यटनमन्त्री रविन्द्र अधिकारी तथा ऊर्जामन्त्री वर्षमान पुन लगायत अन्य विशिष्ट व्यक्तिको समेत उपस्थिति थियो । बत्तिसपुतलीस्थित विग फुडल्याण्ड होटलमा भईरहेको कार्यक्रमका संयोजक हरिचन्द्र राउत तथा सह–संयोजक सन्तोष लामाले गरेका हुन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add