यो मन त मेरो नेपाली हो


नयाँ डिजाइनका साथ २२ तले धरहरा निर्माण सुरु, २ वर्षमा सम्पन्न गरिने {भिडियो रिपोर्ट }

काठमाडौँ । काठमाडाैँकाे पहिचान नै बनेकाे धरहरा २०७२ वैशाख १२ गतेको भूकम्पपछि ठूटाे मात्र देख्न सकिन्छ । साेही ठाउँमा ‘नयाँ डिजाइनका साथ’ पक्की धरहरा बनाउने घाेषणा गरिएकाे ३ वर्षपछि निर्माण कार्य भने बल्ल सुरु भएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि निर्माण कम्पनी जिआइइटिसी रमन जेभीसँग सम्झौता गरेकाे थियाे । हाल धरहरा निर्माणका लागि जग खन्ने काम सुरु भएकाे छ । यसअघि भत्केकाे धरहराकै छेउमा बन्न लागेकाे नयाँ धरहरा २२ तलाको हुने जनाइएकाे छ । धरहराको गजुर मात्रै झण्डै ७० मिटर अग्लो अग्लाे हुने प्राधिकरणले जनाएको छ ।

जग खन्ने काम सुरु गरेकाे निर्माण कम्पनीले आगामी २ वर्षभित्र धरहरा ठड्याइसक्ने जनाएकाे छ । सम्झाैतामै निर्माण अवधि २ वर्ष उल्लेख भएकाे प्राधिकरण अन्तरगतकाे सम्पदा विभागले जनाएकाे छ । अब नयाँ धरहरा २४ रोपनी जमिनमा फैलिने बताइएकाे ।

भूकम्पले क्षतिग्रस्त धरहराकाे ठुटाेलार्इ भने स‌ंरक्षित गरिने भएकाे छ । सिसाको फ्रेमभित्र राखेर सजाइने र वरिपरि मनाेरम पार्क बनाइने प्राधिकरणकाे दाबी छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add