यो मन त मेरो नेपाली हो


यस्तो छ चलचित्र ‘भिलेन’को लोक फ्लेवरमा पहिलो गीत




चलचित्र ‘भिलेन’को पहिलो गीत सार्वजनिक भएको छ । अन्जु पन्त र रामचन्द्र काफ्लेको आवाज रहेको ‘च्यानकुटी झ्याँई झ्याँई’ को बोलको लोक फ्लेवरको गीत आज सार्वजनिक भएको हो । गीतमा एकनारायण भण्डारीको शब्द तथा लाल कुमार बरालको संगीत रहेको छ

‘च्यानाकुटि झ्याई’ बोलको गीतमा सिल्पा पोखरेल, निशा अधिकारी र कपिल खत्रीले कम्मर मर्काएका छन् ।गीतमा दिपेन्द्र तिमल्सिना र दिपक श्रेष्ठको कोरियोग्राफी रहेको छ ।
चलचित्र ‘भिलेन’मा निखिल उप्रेती, शिल्पा पोख्रेल, निशा अधिकारी र कपिल खत्रीको मुख्य भूमिका रहेको छ । फिल्मलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा मौनता श्रेष्ठको लेखन,सौरभ लामा र मदन कस्यप घिमिरेको छायांकन,मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन रहेको छ ।
एक्सन जनरामा बनेको चलचित्र ‘भिलेन’ लाई मदन कस्यप घिमिरे र सौरभ लामाले खिचेका हुन् । शुक्रराज शाहको द्वन्द रहेको चलचित्र पौष २७ गतेबाट प्रदर्शनमा आउनेछ ।
बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत रहेको फिल्मलाई द ग्लोबल पिक्चर्स प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको फिल्म ‘भिलेन’लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन । फिल्ममा दिपक श्रेष्ठ,सुरज खड्का र मधु केसी कार्यकारी निर्माता सँगै राजकुमार श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add