‘प्रेमलीला’को पोस्टरमा नायिका दिपशिखा खड्काको फरक गेटअप देखाइएको छ । उनले यसअगाडिका आफ्ना सिनेमाले आफूलाई नचिनाएको भन्दै यो डेब्यू भएको बताइन् । जनक पाण्डेको निर्देशनमा तयार भएको सिनेमामा दीपशिखाले कपाल मुन्डन गरेकी छिन् । उनले यो गेटअपका कारणले पनि सिनेमा भित्र केही छ भन्ने थाहा हुने बताईन् । कपाल मुण्डन गर्दा साह्रै दुःख लाग्यो । तर, कथाले मागेपछि गर्नैपर्यो ।’ उनले सिनेमाको छायांकन सकिएपछि निर्देशकले वास्ता गर्न छाडेको गुनासो समेत गरिन् ।

सिनेमामा उनको साथमा दुबइमा रहेर मोडलिङ गर्दै आएका भारतीय मोडल अली खान र नव(कलाकार मौसम खड्काको मुख्य भूमिका छ ।भारतबाट नेपाल आएको यूवा र नेपालमा रहँदै आएकी यूवतीविचको प्रेमकथालाई सिनेमाले उठान गरेको दीपशिखाले जानकारी दिइन् ।यस्तै, कलाकार अली खानले दीपशिखासँग दुबइमा भेट भएपछि आफू नेपाल आएको र कथावस्तु सुनेपछि काम गर्न उत्साहित भएको सुनाए ।








0 comments:
Post a Comment