चलचित्र ‘न यता न उता’को टिजर रिलिज भएको छ ।चलचित्रको सार्वजनिक ट्रेलरमा विदेशबाट नेपाल फर्किएको दुई साथी बिचको कथालाई कमेडी तरिकाले प्रस्तुत गरिएको छ ।
चलचित्रमा मिराज रोशन, समीर मणि दीक्षित, रीचा शर्मा, चुलथीम गुरुङ्ग, रविन्द्र झा, बुद्धि तामाङ्ग, नम्रता सापकोटा, सिल्शा जिरेल, बिशारद बस्नेत, कमल मणि नेपाल, किशोर भण्डारी, राजा राम पौड्याल, किरण चामलिंग, नमिता घिसिंग, जीवन भट्टराई गयात्को कलाकारको अभिनय रहेको छ ।
तन्त्रालय फिल्म्स्को ब्यानरमा निर्माण भएको चलचित्र ‘न यता न उता’लाई विशारद बस्नेत र मिराज रोशले संयुक्त निर्देशन गरेका हुन् ।बिशारद बस्नेतले यो भन्दा पहिला ‘मिस्टर भर्जिन’ नामको चलचित्र निर्देशन गरि सकेका छन् ।
यस चलचित्रलाई मिराज रोश र अभिमन्यू निरबिले लेखेका हुन् । भारतमा यस चलचित्रको मिडिया पार्टनर सन्जना सिनेग्लोबल हो ।यो एउटा एन्टरटेनिङ्ग चलचित्र हो ।चलचित्रलाई रिना लामाले निर्माण गरेकी हुन ।
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)








0 comments:
Post a Comment