यो मन त मेरो नेपाली हो


नायिका नीता ढुंगानाको जवानीको बजार लागे पछि(भिडियो)

मंसिर ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दि कर्मा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जवानीको बजार लाग्या छ’ गीतको भिडियोमा नीता ढुंगाना र अभिनेता करण वर्माको ससक्त नृत्य छ ।नायिका परमिता राज्यलक्ष्मी राणालाई ठालु तथा महारानीको शैलीमा प्रस्तुत गरिएको छ । जसमा अर्का हस्य कलाकार बुद्दि तामाङ्ग पनि आफ्नै भूमिकामा छन् ।

गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ।मनिषा पोखरेलको स्वर रहेको यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।जयराज रायले निर्माण गरेको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् ।

चलचित्र ‘दि कर्मा’ मा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।



निशा खतिवडा निर्मात्रीको रुपमा नेपालको तराई क्षेत्रमा छायांकन गरिएको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व ,संगीत कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारी रहेको छ ।चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीले छायांकन रहेको छ । काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add