यो मन त मेरो नेपाली हो


चलचित्र ‘छक्का पञ्जा ३’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौ। चलचित्र ‘छक्का पञ्जा ३’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा दिपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ फिचर्ड छन् ।

 आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको यस चलचित्र दशैँमा प्रदर्शनमा आउदैछ तर प्रदर्शन मिति भने पोस्टरमा राखिएको छैन् । चलचित्र असोज २४, असोज २५ र असोज ३० मध्ये एक मितिमा आउने चर्चा छ । चलचित्रमा नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको पनि अभिनय छ । त्यस्तै प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट भने रोलमा छन् । ‘छक्का पञ्जा ३’मा कथा दीपक गिरीको रहेको छ भने केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल(मुन्द्रे) कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add