यो मन त मेरो नेपाली हो


बुबाभन्दा जेठो छिमेकीको प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड प्रहार

काठमाडौं । आफ्नो बुबाभन्दा निकै जेठो छिमेकीको प्रेम प्रस्ताव अस्वीकार गर्दा दुई बालिका एसिडको सिकार बन्न पुगेका छन् । चन्द्रपुर ६ की १८ वर्षीया सम्झनाकुमारी दास र सुस्मिता दासमाथि सुतिहरेको बेला आफ्नै छिमेकीले एसिड प्रहार गरेको खुलेको छ । भदौ २९ गते मंगलबार राति १२ बजे दास दिदी बहिनीमाथि एसिड प्रहार भएको थियो। चन्द्रपुरमा उपचार सम्भव नभएपछि उनीहरुलाई बुधबार बिहान काठमाडौंको कीर्तिपुर ल्याइएको छ। सम्झनाकुमारीलाई आफूभन्दा झन्डै तेब्बर उमेरका छिमेकी ५० वर्षीय रामबाबु पासवानले पटक पटक प्रेम प्रस्ताव राख्दै आएका थिए । तर सम्झनाले भने प्रस्तावलाई अस्वीकार गर्दै आएकी थिइन् ।

 एसिड प्रहारबाट सख्त घाइतेमध्ये सम्झनाको अवस्था गम्भीर छ । बहिनी सुस्मिता खतरामुक्त छिन् । दुवैको उपचार राजधानीस्थित कीर्तिपुर अस्पतालमा भइरहेको छ । चन्द्रपुरमा उपचार सम्भव नभएपछि सहयोगी छिमेकीको अभिनय गर्दै रामबाबु काठमाडौंसम्म आइपुगे। कसैले रामबाबु माथि शंका गरेनन । अपराध लुकाउन उनी कुरुवासमेत बसे । तर प्रहरीले सम्झनाको कल डिटेल्स निकालेर अनुसन्धान गरेपछि थाहा भयो एसिड प्रहार गर्ने त छिमेकी रामबाबु नै रहेछन् । ‘एक महिनामा झन्डै २ सय कल पासवानले फोन गरेको देखिन्छ,’ जिल्ला प्रहरी प्रमुख केदार ढकालले भने, ‘कल डिटेल्स, पीडितका बुवाको किटान जाहेरी र सम्झनाको बयानका आधारमा पासवानलाई पक्राउ गरेका हौं ।’ पासवानको हातमा एसिड परेर कालो भएको छ । प्रहरीले त्यसलाई पनि प्रमाणको आधार मान्यो । घटनाको ६ दिनपछि पक्राउ परेका पासवानलाई मंगलबार इलाका प्रहरी कार्यालयमा सार्वजनिक गरिएको थियो । उनीमाथि पीडितले किटान जाहेरी दिइसकेका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add