यो मन त मेरो नेपाली हो


प्रदेश १ मा आठ महिनामा १०१ बालिका बलात्कृत

प्रदेश १ मा आठ महिनामा १०१ बालिका बलात्कृत विराटनगर । प्रदेश नं. १ अन्र्तगतका १४ जिल्लामा आठ महिनाको अवधिमा १०१ जना बालिका बलात्कृत भएका छन् । गत जनवरीदेखि अगष्टसम्मको तथ्यांक हेर्दा बालिका, किशोरी तथा महिलाहरु १०१ वटा बलात्कारको घटना भएको देखिन्छ । यस अवधिमा २ जना नवजात शिशुसहित ६ जना बालिकाको हत्या भएको छ । त्यसैगरी १८ जना किशोरी तथा बालिकाहरुमा बलात्कार प्रयास भएको ७ जनामा यौनदुब्र्यवहार भएको जनाइएको छ । मानव अधिकार उल्लङ्घनको घटनाबाट हेर्दा हत्याको घटनामा ३ जना, कुटपिटबाट ३ जना र बालबिवाहबाट १ जना बालिका पीडित भएको पाईन्छ ।


 त्यसैगरी अप्राकृतिक मैथुनबाट २ जना, हत्याबाट १ जना, कुटपिटबाट १ जना, हत्या प्रयासबाट १ जना बालक पीडित भएका थिए । सोही अवधिमा जातीय विभेदबाट २ महिलासहित ३ जना पीडित भएका छन् । यस अवधिमा बालअधिकार हननबाट १३८ जना पीडित भए । जसमा १३३ जना बालिका र ५ जना बालक रहेको छ । हत्याको घटनाबाट २९ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ । जसमा गैरराज्य पक्षबाट १७ जना महिला र १२ जना पुरुषको हत्या गरेको छ । हत्या प्रयासबाट ११ जना पीडित हुन पुगेको तथ्यांकले देखाएको छ, त्यसमा ७ महिला ४ पुरुष रहेका छन् । महिला अधिकार हननका घटनाबाट ३३९ जना महिला पीडित भए । जसमा बलात्कारका घटनामा ६७ जना, बलात्कार प्रयासमा ३१ जना, यौनदुव्र्यवहारबाट ९ जना, कुटपिटबाट १२ जना, बेचबिखन ९ जना, बहुविवाह ४३ जना, बोक्सीको आरोपमा ४ जना, घरेलु हिंसामा १६२ जना पीडित हुन पुगेको तथ्यांकले देखाएको छ । त्यसैगरी तथ्यांकअनुसार प्रदेश नं. १ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट ६४३ जना पीडित भएका छन् । जसमा राज्य पक्षबाट ४८ जना पुरुषसहित ५५ जना र गैरराज्य पक्षबाट ५६ जना पुरुष सहित ५११ जना पीडित भए । सन् २०१८ को ८ महिनामा प्रदेश नं १ मा बालिका बलात्कार र यौनदुब्र्यवहारको घटनामा विगतको भन्दा अत्याधिक बृद्धि भएको तथ्याङ आउन थालेको अनौपचारिक क्षेत्र सेवा केन्द्र प्रदेश एकका संयोजक सोमराज थापाले जानकारी दिए । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add