यो मन त मेरो नेपाली हो


पोष्टर र गीत संगै सिनेमा "अनुग्रह" को प्रदर्शन मिति सार्वजनिक

पोष्टर र गीत संगै अनुग्रह को प्रदर्शन मिति सार्वजनिक

सामाजिक कथा बोकेको पारिवारिक सिनेमा ‘अनुग्रह’ले प्रदर्शन मिति घोषणा गरेको छ । आगामी कात्तिक महिनाको १६ गते बाट सिनेमा सार्वजनिक प्रदर्शनमा आउने बताए वितरक सरोज शर्माले । सिनेमाको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ ।


निर्देशक कुमार केसी निर्देशित सिनेमामा तन्नेरी प्रेमकथा र परिवारको मायाँ लाई समेटिएको छ । जोनिका सेन्चुरीको प्रस्तुतिमा  सन्तोस खबासले निर्माण गरेको सिनेमामा रोहन सेन्चुरी तथा भारतीय नायिका तथा मोडल आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको प्रमुख अभिनय रहेको छ । सिनेमा लाई राजु दोङ्ग र ज्ञानेद्र गिरि र ड्रोकास बिश्वा सह निर्माताको रुपमा। 



विक्रम डीसीको छायांकन,तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत रहेको सिनेमाको एक गीत र पोष्टर संगै सिनेमा प्रदर्शन मिति सार्वजनिक गरिएको हो । लक्ष्मी वैंकटेस सिने मेकर्स र अनुग्रह फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमा लाई नेपालको पुर्वाञ्चलको रमणीय स्थानहरुमा छायांकन गरिएको छ  हो ।


युवा पुस्ता लक्षित फिल्ममा बाल कलाकार क्रिस्टिना सेन्चुरीको समेत भूमिका छ । रोमान्स, द्धन्द्ध, इमोसन र सामाजिक मुद्दा समेत समेटिएको फिल्मलाई सबै उमेर समूहका दर्शकले रुचाउने जनाइएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add