यो मन त मेरो नेपाली हो


World Famous ओस्कार अवार्डकामा छनौट भयो चलचित्र ‘पंचायत’

विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डका लागि नेपाली चलचित्र पंचायतलाई छनौट गरिएको छ ।नेपालस्थित ओस्कर छनोट समितिले ९१ औं ओस्कार फिल्म अवार्डका लागि नेपाली चलचित्र पंचायतलाई ओस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

एकेडेमी अफ मोशन पिक्चर आर्ट एण्ड साइन्सेस्द्वारा सन् २०१९ मा घोषणा गरिने ९१औं एकेडेमी अवार्ड (द अस्कर अवार्ड)मा विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र विधामा प्रतिस्पर्धी बन्नका निम्ति नेपालबाट सहभागिताका लागि आह्वान गरिएकोमा “तान्द्रो”, “पञ्चायत”, तथा “माइ लभ प्रोमिश फर काठमाडौं दर्ता भएका थिए ।
तीनवटा चलचित्रहरू एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरू रहेकामा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति यस विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)द्वारा चलचित्र “पञ्चायत”लाई छनौट गरेको छनोट समितीले बताएको छ । छनौट समितिमा संयोजक श्री बिमल पौडेल, सदस्यहरूः प्रदीपकुमार उपाध्याय, लक्ष्मीनाथ शर्मा, राजेन्द्र शलभ, सामीप्यराज तीमल्सेना, लोकेन्द्र पराजुली (कपील), चिरञ्जीवी गुरागाइ रहेका थिए ।

‘पन्चायत’ले यतिबेला नेपालमा आयोजना हुने गरेका धेरै अवार्डहरु पनि हात पारिरहेको छ । लेखन तथा निर्देशन शिवम अधिकारीको रहेको ‘पन्चायत’ लाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा सरोज खनाल, नीता ढुंगाना , रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add