एजेन्सी । अमेरिकी गायक निक जोनससँगको प्रेम सम्बन्धका कारण बलिउडमा निकै चर्चामा आएकी छिन् अभिनेत्री प्रियंका चोपडा ।सलमानसँग खेल्न लागेको फिल्म भारतबाट हात झिकेसँगै उनी चाँडै नै विवाह गर्ने तयारीमा रहेको खवर फैलिएको छ । यस्तैमा यतिवेला प्रियंकाले हलिउड प्रोजेक्ट छाड्ने खबरले चर्चा पाइरहेको छ ।

प्रियंका अमेरिकी टिभी सो ‘क्वान्टिको’को चर्चित भूमिका एलेक्स पेरिसबाट सदाका लागि टाढा भएकी छिन् । ‘क्वान्टिको’को तेस्रो सिजनको अन्तिम शृंखला अमेरिकन टिभी च्यानलमा ३ अगस्टको राति प्रसारित भयो । उक्त सोपछि प्रियंका चोपडाले सधैँको लागि बिदा लिइन् । प्रियंकाले सामाजिक सञ्जालमा छोटो नोट लेखेर उक्त टिभी सोको पात्र एलेक्स पेरिसलाई बिदाइ तथा अन्य सबै टिमलाई शुभकामना दिएकी थिइन् । सन् २०१५ बाट सो सिरियलमा जोडिएकी प्रियंकालाई यही सिरियलले संसारभर चिनाएको थियो ।

३५ वर्षिया प्रियंका चोपडाले बलिउडमा राम्रो करियर स्थापित गरेपछि हलिउडमा पाइला अगाडी बढाएकी थिइन् । हलिउडमै व्यस्त भएकी उनी २०१६ यता बलिउडको फिल्ममा देखिएकी थिइनन्।

0 comments:
Post a Comment