काठमाडौं । सर्लाहीकी १८ वर्षीया कविता नेपालीले ‘बुगीवुगी’को उपाधि जितेकी छिन् । एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि चुमेकी हुन् । कविताले उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी छिन् ।
यसै गरी फ्रस्ट रनरअप प्रगति पुन बनिन् । उनले ५ लाख रुपैयाँ जितेकी छिन् । भने सेकेन्ड रनरअप सरोज मोक्तान भए । भने उनले चार लाख नगद पाए । ‘बुगीवुगी’का लागि अनलाइन अडिसनमार्फत देशभरबाट तीन हजार डान्सर सहभागी थिए । तीमध्ये एक सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिए । भिडियो
प्रतियोगिताको उपाधि जितेपछि उनले आफ्नो बुबाआमालाई सुखको दिने बताएकी छिन् । उनले एक अन्र्तवर्तामा भनेकी छिन्, ‘अब बाबाआमाको दु: खको दिन गयो भनेर उपाधि उचालिराख्दा आँखाबाट खुसीको आँसु झर्यो ।’ उनको बुबाले मान्छे भएपछि दु:ख त गर्नैपर्छा छोरी भन्दा, उनले भनिन् ‘अब तपाइको छोरीले गर्छ नि चिन्ता नगर्नु ।’ उनको बुबाले छोरीले काम गर्दा खुसी भएको बताउँदै आफूले पनि काम गरेर छोरीलाई सहयोग गर्ने भन्दा उनले भनिन् ‘अहँ काम गर्न दिन्न अब त बाबाआमालाई ।’
कविताकी आमाले पनि छोरीको हरेक पाइलामा सहयोग गर्ने बताएकी छिन् । उनले आफ्नी छोरीलाई कामको सफताको शुभकामना पनि दिएकी छिन् ।

0 comments:
Post a Comment