यो मन त मेरो नेपाली हो


मुम्बईमा आर्यन मयाल आयोजना गर्दै तिज कार्यक्रममा

केहि समय पहिले नेपालको प्रदेश ७ स्थीत बाजुरामा बसोबास गर्ने अनाथ बालबालिकालाई घर बनाउन सहयोग कार्यक्रम संचालन गरेका आयोजक कमिटी संयोजक आर्यन मयालले फेरी तिज कार्यक्रम गर्ने भएका छन् । हिन्दु नेपाली नारीहरुको महान चाँड हरितालिका तिजको अवशर पारेर कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको उपस्थिती रहने भएको छ ।
यहि १५ अगस्ट देखी मुम्बई स्थीत कांदिवलीमा आयोजना हुने उक्त कार्यक्रमलाई एन बि कांदिवली युवा क्लबले आयेजना गरेको छ । कार्यक्रममा गाएक तथा मोडल विर विस्वार, मोडल चन्दु ताम्राकर, चर्चित डेउडा गायीका गौरी भट्ट, खलनायक प्रकाश विसी, मोडल पिंकी ठाकुर, अनिता शाहि, शितल तिरुवा, रेश्मा ताम्राकर, विधा ठाकुर लगायतका मोडल तथा कलाकारहरुको उपस्थिती रहने उक्त कार्यक्रममा निरुता खत्री, नरेन्द् टमट्टा, रमेश परियार लगायतका कलाकारहरुको उपस्थिती रहने भएको छ।  कार्यक्रम मुम्बई कान्दिवली स्थीत समता क्रिडा भवनमा गरिने भएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add