यो मन त मेरो नेपाली हो


स्मृति तिमल्सिना(गुरुआमा)को तीज गीत ‘दिदी भाइ २’ बजारमा

नेपाली चेलीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा म्युजिक भिडियो निर्देशक तथा लोक गायीका स्मृति तिमल्सिना(गुरुआमा)को तीज गीत ‘दिदी भाइ २’ बजारमा आएको छ । सबैलाई नचाउने हसाउने गुरुआमाले यसपाली मन छुने निक्कैनै भावुक तीज गीत लिएर आएकी छिन्। गुरुआमा फिल्मस् प्रा.लिको प्रस्तुतिमा रहेको यस गीत गुरुआमा फिल्मसकाे आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको छ।

 यस गीतमा बिष्णु न्यौपानेले शब्द संकलन गरेका छन भने यस तीज गीतमा मिठो स्वरको धनी लोकप्रिय गायक खुमन अधिकारीको संगीत संयोजन रहेको छ। सोहि गीतमा लोकप्रिय गायक खुमन अधिकारी र स्मृति तिमल्सिना(गुरुआमा)को जादुमय आवाज रहेकाे छ। निकैनै ब्यस्त हुदै आएकी चर्चित महिला निर्देशक स्मृति तिमल्सिनाको निर्देशनमा तयार भएको गीतमा चर्चित मोडल महेन्द्र गौतम, रमा थपलिया सुस्मिता सापकोटा, शेर बहादुर डि.सी, गीता खड्का र सुमन थापाको अभिनय रहेको छ। ‘दिदी भाइ २’ गीतलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने सम्पादन प्रकाश धमला(भान्जाले)ले गरेका हुन्।निर्देशक तथा गायीका स्मृति तिमल्सिना (गुरुआमा)लाई यस तीज गीतको सफलताका लागि अनलाइनपाना डटकमको तर्फबाट शुभकामना
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add