यो मन त मेरो नेपाली हो


चलचित्र ‘मेरी मामु’को पोष्टरहरु सार्वजनिक (भिडियो)

यहि भदौ १५ देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी मामु’को पोष्टरहरु सार्वजनिक गरिएको छ ।चलचित्रको यस अघि सार्वजनिक ‘आमा’ बोलकोले निकै चर्चा बटुल्नुको साथै ६ वर्षिय छोरा आयुव सेनको अभिनयको समेत चौतर्फी तारिफ गरिएको छ ।

बाल नायक आयुब सेनलाई केन्द्रमा राखी तयार पारिएको पोष्टरले गहिरो यथार्थ चित्रण गरेको छ । सानैमा आमाको मृत्युपछि कपाल मुण्डनका क्रममा खिचिएको फोटोलाई पोष्टरको रुप दिदै फिल्मका निर्माता सन्तोष सेनले फिल्मभित्र गहिरो बिषयवस्तु छ भन्ने दर्शाएका छन् । पोष्टरमा फिल्मका अन्य कलाकारहरु कुसुम गुरुङ, अश्लेषा ठकुरी, सारुक ताम्राकारलाई पनि देख्न सकिन्छ । यद्यपी आयुबकै मुल कथासार फिल्ममा देखाईएकाले पोष्टरमा आयुब हावी भएको निर्माता सेनले बताए ।

प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निमार्ण गरेको ब्यानर आसुसेन फिल्मसलको चौथो प्रस्तुती ‘मेरी मामु’मा कथा तथा निर्देशन यम थापाको रहेको छ ।सन्तोष सेनको निर्माण रहेको नया चलचित्र ‘मेरी मामु’ मा चलचित्रमा कल्याण सिंहको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

चलचित्रमा आयुव सेन सगै अश्लेशा ठकुरी, नायक सारुक ताम्राकार, नवनायिका कुसुम गुरुङ र दुर्गा मल्लको पनि मुख्य भुमिका रहने छ । नेपालकी पहिली नायिका भुवन चन्द विशेष भुमिकामा रहने छिन ।यस चलचित्रमा मेसी नामको गोल्डेन रेटिभ जातको कुकुरको पनि अभियन रहने छ ।

यहि भाद्र १ गते ट्रेलर रिलिजको तयारीमा रहेको चलचित्र युनिटले प्रोमोशनको लागि भदौ ७ बाट अल नेपाल कन्सर्टका लागि निस्कदैछ । देशका मुख्य शहरहरु धरान, इटहरी, नारायणगढ, पोखरा, बुटवल, दमक आदिमा फिल्मका मुख्य कलाकारका साथमा साँगीतिक टोली पनि पुग्नेछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add